ओरालो लागेको सेयर बजारमा मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार
६ मंसिर, काठमाडौं । काराेबारकाे पहिलाे दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना देशैभर चलिरहेका बेला सेयर बजार भने ओरालो लागेको हाे ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर १९२९.७० बिन्दुमा बन्द भएको छ । मंगलबार २२८ कम्पनीको ३७ लाख ६३ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेपाल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर १२ अर्ब १६ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, रिडी पावरको ८ करोड ६७ लाख ६३ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ८ करोड ६० लाख १६ हजार रुपैयाँ, शिवम् सिमेन्टको ८ करोड ४३ लाख ६३ हजार र ङादी ग्रुप पावरको ४ करोड ९० लाख रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १५:१३












