६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

१९ कम्पनीहरूले प्रस्ताव गरे लाभांश, कुनकाे कति ? (सूचिसहित)

६ मंसिर, काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट १९ कम्पनीहरूले हालसम्म लाभांश प्रस्ताव गरेका छन् । नेपाल स्टक एक्सचेञ्‍जमा सूचिकृत कम्पनीहरूको सञ्‍चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेका हुन् । जसमध्ये अधिकांश कम्पनीहरूले बोनस सेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् ।

लाभांश घोषणा गर्नेमा ३ वटा वाणिज्य बैंक, पाँच बीमा कम्पनी, एक लघुवित्त संस्था, एक विकास बैंक, ६ सामूहिक लगानी कोष र तीन अन्य कम्पनी छन् ।

नेप्सेमा सूचीकृत २४२ मध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् ।अहिलेसम्म प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भएका छन् । बाँकी बैंकहरूले घोषणा गरे पनि सञ्‍चालक समितिले निर्णय गरिसकेका छैनन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०९:३६