सेयर बजारमा बढ्दो आकर्षण, डिम्याट खाता खोल्नेको संख्या साढे ५४ लाख पुग्यो
२ मंसिर, काठमाडाैं । नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो समय सेयर बजारप्रति आकर्षक बढ्दै गएको हाे। आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो ।
सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ५० हजार १० पुगेको छ ।
हाल डिम्याट खातामा ९ अर्ब २० करोड ५५ लाख १३ हजार १ सय १७ कित्ता सेयर रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४५ लाख ४० हजार ६ सय ३५ पुगेको छ ।
यस्तै पुँजी बजारमा २ सय ३४ कम्पनी सूचीकृत छन् भने ३४ म्युचुअल फण्ड (सामूहिक लगानी कोष) सूचीकृत छन् यस्तै ५६ बैंक तथा वित्तीय संस्थाबाट सिआस्वा सेवा उपलब्ध छ ।
प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार १०:५२












