४ दिन सेयर बजार बन्द रहने
२ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) आज मंसिर २ गतेदेखि मंसिर ५ गतेसम्म ४ दिन बन्द रहनेछ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सरकारले सार्वजनिक विदा दिएका कारण आइतबार र सोमबार नेप्से बन्द हुने भएको हो ।
मंसिर २ गते शुक्रबार र मंसिर ३ गते शनिबार रहेको र ४ र ५ गते सार्वजनिक विदा भएसँगै सेयर बजार समेत बन्द रहनेछ । त्यसैले आज शुक्रबारदेखि सोमबारसम्म ४ दिन सेयर कारोबार नहुने भएको हो । अब सेयर बजार मंसिर ६ गते मंगलबारदेखि काराेबारमा आउने छ ।
प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार १०:०५












