१ अर्बकाे काराेबार हुँदा मंगलबार यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री
२९ कार्तिक, काठमाडौं । साताको तेस्रो काराेबारकाे दिन भने सेयर बजारमा गिरावट आएकाे छ । अघिल्लाे काराेबारकाे दिन साेमबार बढेकाे सेयर बजार आज फेरी ओरालो लागेको हो । याे दिन नेप्से झिनो अकंले ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५९ अकंले घटेर १८९७.८६ बिन्दुमा बन्द भएको छ । आज २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार हिमालयन डिस्टलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड २२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नेपाल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख, एनटिसीको ४ करोड ६७ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ४८ लाख र नेपाल पुनर्बीमा कम्पनीको ३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १५:१३













