५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

सेयर बजारमा दोहोरो अंकको गिरावट, ८९ करोड ८९ लाखकाे काराेबार

१७ कार्तिक, काठमाडाैं । साताकाे अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । तिहारपछि ३ दिन बढेकाे सेयर बजार आज फेरी ओरालो लागेको हाे ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.१४ अकंले घटेर १९२२.१६ बिन्दुमा बन्द भएको छ । आज २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच हुदाँ ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँको कारोबार भएको हो । आज ११ उपसूचक राताम्य भएका छन् भने २ उपसूचकमा हरियाली छाएको छ । आज सर्वाधिक कारोबार एभरेष्ट बैंक लिमिटेडको भएको छ ।

बैंकको आज ४ करोठ ३ लाख भन्दा माथिको कारोबार भएको हो ।  आज युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ६.५६ प्रतिशतले बढेर छ । बिहीबार वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १५:२६