प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से
१७ कार्तिक, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेकाे छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१९ अंक बढेर १९३९.५० विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ३३ हजार ४७२ रुपैयाँ बराबरको ७९७ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार ११:०९












