झिनो अंकले बढ्याे सेयर बजार, १ अर्ब ४६ करोडकाे काराेबार
१६ कार्तिक, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बुधबार पनि सेयर बजार झिनो अंकले बढेकाे छ । तिहारपछिकाे तेस्राे काराेबारकाे दिन पनि बढेकाे सेयर बजारले लगानीकताहरूमा थाेरै आशा जागेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३२ अंकले बढेर एक हजार ९ सय ३८ दशमलब ३० विन्दुमा बन्द भएको छ ।
सेयर बजारमा सामान्य सुधार देखिएसँगै बुधबार कारोबार पनि बढेकाे छ । आज १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १२४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ५६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा बढी बढेकाे छ । काराेबारकाे हिसावले बुधबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । आज सबैको लघुवित्त वित्तीय संस्था महुली र लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।
प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १५:२३













