प्रि ओपन सेसनमा २.२६ अंकले बढ्यो नेप्से
१६ कार्तिक, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बुधबार पनि प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५६.१० अंकले बढेर १९३०.९७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२६ अंकले बढेर १९३३.२४ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा १६ स्टकको ३ लाख ५६ हजार ३८१ रुपैयाँ बराबरको १ हजार ४६४ कित्ता सेयर किनबेच भएको छ।
प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ११:०२













