सेयर बजारमा हरियाली छाउँदा साेमबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार
१४ कार्तिक, काठमाडाैं । नेपालीहरुको दोस्रो महान चाड तिहारको बिदापछि खुलेको पहिलो काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अकंले बढेर १८७४.८७ बिन्दु बन्द भएको छ ।
साेमबार २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच हुदाँ ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा हरियाली छाउँदा साेमबार सर्वाधिक एनआइसी एशिया बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । यस दि कम्पनीकाे सेयर ६ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एभरेष्ट बैंकको ४ करोड ३९ लाख, नबिल बैंकको ३ करोड ८० लाख, प्रभु बैंकको २ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको १ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । समग्रमा आज सर्वाधिक कमर्सियल बैंकहरुको बढी कारोबार भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १५:१५













