३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? राष्ट्र बैंकमा ६१ जनाका लागि रोजगारीको अवसर

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि विभिन्न ६१ पदमा दरखास्त आह्वान गरेको छ । बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीय श्रेणीसम्मका पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न लागेको हो ।

राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार सहायक निर्देशक पदमा ३५ जना माग गरिएको छ । त्यसमध्ये सामान्यतर्फ २६, लेखा तथा लेखापरीक्षणतर्फ तीन, वाणिज्य कानुनतर्फ दुई र सूचना प्रविधितर्फ चार जना छन् । त्यस्तै, सहायक द्वितीय श्रेणीको सहायक पदमा २६ जना माग गरिएको छ । यी पदमा खुला तथा समावेशी समूहबाट पदपूर्ति गरिने बैंकले जनाएको छ ।

इच्छुक तथा योग्य उम्मेदवारले आगामी मंसिर १७ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । उक्त अवधिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर मङ्सिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : November 18, 2026 at 9:21 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/