२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

बढी पहिरोले दुःख दिए काठमाडाैँबाटै उम्मेदवारी दर्ता गर्न सकिने

२२ असोज, काठमाडाैँ । निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत पहिलो हुने निवचित हुने प्रणालीतर्फ मनोनयनपत्र दर्ताका लागि हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ हुने हकमा आवश्यक सहजीकरण गर्ने भएको छ ।

त्यस्तो घटना भएका स्थानमा लागि आवश्यक कागजात असोज २३ गते बिहान १० बजेभित्रमा यस आयोगको कार्यालय, कान्तिपथ, काठमाडौँमा प्राप्त भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइ आवश्यक सहजीकरण गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

सोका लागि उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा, स्वघोषणा, दलको उम्मेदवारको हकमा दफा १९ बमोजिमको औपचारिकपत्र, दफा २० बमोजिम धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर, उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम, र उम्मेदवारको वैयक्तिक विवरण आयोगलाई बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : October 8, 2022 at 11:04 pm