१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु, दुई वेपत्ता, दुई गम्भीर घाइते

२२ असोज, जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले गाउँपालिकाको वडा नम्बर ५को बाराकोटे बाडामा पहिरो जाँदा गणेश बहादुर शाहीको घर पुरिएको र उनको परिवारका पाँच सदस्यको मृत्यु भएको जानकारी दिए ।

जोशीका अनुसार मृत्यु हुनेमा गणेश बहादुर शाही उनका छोरा रमेश शाही, रमेशकी श्रीमती पानसरा शाही उनीहरूका छोराहरु अनमोल शाही र मिलन शाही रहेका छन । गणेशका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही वेपत्ता रहेका छन । पहिरोबाट  दुईजनाको सकुशल उद्धार गरिएको छ । प्रहरीका अनुसार उद्धार गरिएका  रामबहादुर हमाल र सरस्वती हमालको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १०:३४