२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

भक्तपुर १ मा एमालेबाट नवराज गेलाल उम्मेदवार, प्रदेशमा श्रेष्ठ

२२ असोज, काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले नवराज गेलाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर १ मा एमालेबाट गेलाललाई उम्मेदवार बनाउन निर्णय गरेका हुन ।

एमालेले भक्तपुर १ को प्रदेशसभा ‘क’मा मोहन श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : October 8, 2022 at 9:55 am