ललितपुर ३ मा एमालेबाट अमृत खड्का उम्मेदवार, प्रदेशमा प्रेमभक्त र रघुनाथ
२२ असोज, काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अमृत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ललिलतपुर ३ मा एमालेबाट खड्कालाई उम्मेदवार बनाउन निर्णय गरेका हुन ।
एमालेले ललितपुर ३ को प्रदेशसभा ‘क’मा प्रेमभक्त महर्जन र प्रदेशसभा ‘ख’मा रघुनाथ महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 09:29









