२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

काठमाडौँ ५ मा एमालेबाट ईश्वर पोखरेल उम्मेदवार, प्रदेशमा निराैला र सिलवाल

२२ असोज, काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ ५ मा एमालेबाट पोखरेललाई उम्मेदवार बनाउन निर्णय गरेका हुन ।

एमालेले काठमाडौँ ५ को प्रदेशसभा ‘क’मा  दीपक निराैला र प्रदेशसभा ‘ख’मा नारायण सिलवाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 08:16