२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

काठमाडाैँ ४ मा एमालेबाट डा राजन भट्टराई उम्मेदवार, प्रदेशमा ढकाल र थापा

२२ असोज, काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेले डा राजन भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ ४ मा एमालेबाट डा भट्टराईलाई उम्मेदवार बनाउन निर्णय गरेका हुन ।

एमालेले काठमाडौँ ४ को प्रदेशसभा ‘क’मा  तेज ढकाल र प्रदेशसभा ‘ख’मा जयराम थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 08:12