पूर्वमन्त्री एवं लोसपा नेता एकवाल मियाँ एमाले प्रवेश, बारा ४ मा किसानलाई कठिन
२२ असोज, काठमाडौँ । पूर्वमन्त्री समेत रहेका लोसपाका नेता एकवाल मियाँ एमाले प्रवेश गरेका छन । शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर मियाँ एमाले प्रवेश गरेका हुन । उनी २०७४ सालमा बारा ४ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए ।
मियाँलाई अध्यक्ष ओलीसहित, महासचिव शंकर पोखरेल र सचिव रघुबिर महासेठ लगायतले एमालेमा स्वागत गरे । बारा ४ मा गठबन्धनले किसान श्रेष्ठलाइ उम्मेदवार बनाउने निर्णय गरेपछि मियाँ एमाले प्रवेश गरेका हुन । उनको दल सत्ता गठबन्धनसँग चुनावली तलमेलका लागि तयार भएको छ ।
प्रकाशित मिति : 07:45









