प्यूठानमा एमालेबाट सूर्य थापा प्रतिनिधिसभा सदस्य उम्मेदवार, प्रदेशमा शर्मा र रिजाल
२१ असोज, काठमाडाैँ । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट प्यूठानमा पोलिटब्यूरो सदस्य सूर्य थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापा एमालेको प्यूठान इन्चार्ज समेत हुन ।
त्यस्तै प्यूठानबाट प्रदेशसभा क मा तुलसीराम शर्मा र ख मा हरिप्रसाद रिजाल उम्मेदवार हुने भएका छन । थापाले गठबन्धनकी उम्मेदवार दुर्गा पाैडेलसँग प्रतिस्पर्धा गर्नेछन ।
प्रकाशित मिति : 21:55









