२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नुवाकोट १ को ‘क’मा एमालेबाट सुशील खड्का, कार्यकर्ताको डरले नाम सार्वजनिक भएन

२१ असोज, नुवाकोट । नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा एमालेबाट सुशील खड्का उम्मेदवार भएका छन । जिल्ला अध्यक्ष बद्री मैनालीको जोडमा खड्का उम्मेदवार भएका हुन । उनीसँगै एमालेका पुराना नेता बलराम अचार्य लगायत प्रतिस्पर्धामा थिए ।

नेपाली कांग्रेसको क्षेत्रीय सभापति छाडेर एमाले प्रवेश गरेका उनी एमालेको जिल्ला कमिटी सदस्य हुन । खड्काको नाममा निर्णय भएको भए पनि नेतृत्वले त्यस क्षेत्रका कार्यकर्ताको सम्भावित असन्तुष्टि रोक्नका लागि तत्काल नाम सार्वजनिक गरेको छै ।

खड्कासँगै स्थानीय निर्वाचनको समयमा एमाले प्रवेश गरेका अन्य तीन जना नेता भने कांग्रेसका फर्किसकेका छन । जस मध्ये गाउँपालिका अध्यक्षमा एमालेबाट चुनाव लडेका योविन्द्रसिंह तामाङ केही दिनअघि मात्र कांग्रेस फर्किएका हुन ।सुनबहादुर तामाङ भने एमाले प्रवेश गरेको पर्सीपल्ट नै कांग्रेसमा फर्किएका थिए ।

प्रकाशित मिति : October 7, 2022 at 9:24 pm