काठमाडाैँ २ मा एमालेबाट मणिराम फूयाँल, प्रदेशमा सानु श्रेष्ठ र सुवर्ण श्रेष्ठ
२१ असोज, काठमाडौँ । नेकपा एमालेले काठमाडाैँको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ मणिराम फूयाँलालाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै काठमाडाैँ २ मा फूयाँललाई उम्मेदवार बनाउने निर्णय गरेका हुन ।
त्यस्तै प्रदेशसभा तर्फ ‘क’मा सानु श्रेष्ठ र ‘ख’मा सुवर्ण श्रेष्ठ उम्मेदवार भएका छन । मंसिर ४ गते हुने प्रतिनिधिभास र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 21:11









