काठमाडाैँ १ मा एमालेबाट किरण पाैडेल प्रदेशमा आत्माराम शर्मा र गणेश दुलाल
२१ असोज, काठमाडौँ । नेकपा एमालेले काठमाडाैँको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ युवा नेता किरण पाैडेललाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै काठमाडाैँ १ मा पाैडेललाई उम्मेदवार बनाउने निर्णय गरेका हुन । पाैडेल एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघका अध्यक्ष हुन ।
त्यस्तै प्रदेशसभा तर्फ कमा आत्माराम शर्मा र खमा गणेश दुलाल उम्मेदवार हुने भएका छन । मंसिर ४ गते हुने प्रतिनिधिभास र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 21:03









