नुवाकोट २ मा एमालेबाट नारायण खतिवडा, प्रदेशमा केशवराज पाण्डे र विजय लोप्चन
२१ असोज, काठमाडौँ । नेकपा एमालेले नुवाकोटको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नारायण खतिवडालाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै नुवाकोट २ मा खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन ।
खतिवडा तिनै नेता हुन जो ओलीलाई प्रधानमन्त्रीबाट अपदस्त गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालय र सर्वोच्च अदालत पुगेका थिए । उनी यसअघि बाम गठबन्धनको तर्फबाट एमालेको उम्मेदवार भएर विजयी भएका थिए ।

त्यस्तै प्रदेशसभा तर्फ कमा बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे र ख मा विजय लोप्चन उम्मेदवार भएका छन । पाण्डे बागमतीको मुख्यमन्त्री हुने तयारीसहित पुनः प्रदेशसभाको उम्मेदवारको रूपमा अघि सारिएको एमालेले नेताहरूले बताएका छन । लोप्चन जनजाति नेता हुन भने बागमती प्रदेश कमिटीका सदस्य हुन । मंसिर ४ गते हुने प्रतिनिधिभास र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 19:14









