नुवाकोट १ मा एमालेबाट बद्री मैनाली उम्मेदवार
२१ असोज, काठमाडौँ । नेकपा एमालेले नुवाकोटको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ युवा नेता बद्री मैनालीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै नुवाकोट १ मा मैनालीलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन । मैनाली एमाले नुवाकोटका अध्यक्ष समेत हुन । उनी यसअघि सोही प्रदेशको प्रदेशसभा खबाट बागमती प्रदेससभामा निर्वाचित भएका थिए ।
त्यस्तै प्रदेशसभा तर्फ कमा बलराम आचार्य र शुशिल खड्का मध्ये एक हुने भए पनि अहिलेसम्म निर्णय नभएको एमालेले जनाएको छ । प्रदेशसभा ख मा पूर्णलाल श्रष्ठले टिकट पाएका छन । मंसिर ४ गते हुने प्रतिनिधिभास र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 18:55









