उपेन्द्रलाई गरेको व्यंग्य आफैँ माथि परेपछि आलोचकलाई बाबुरामले दिए ‘कुकुर’को संज्ञा
२१ असोज, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जसपका अध्यक्ष उपेन्द्र यादव माथि गरेको व्यंग्य आफैँमाथि फर्केपछि अालोचकहरूलाई कुकुरको संज्ञा दिएका छन । शुक्रबार बिहान ट्वीट मार्फत उनले उनको आलोचना गर्नेहरूलाई कुकुरको संज्ञा दिएका हुन ।
‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ।एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं !’ बिहीबार राति भट्टराईले भनेका थिए ।
भट्टराईको उक्त टिप्णीमाथि प्रतिक्रिया जनाउने प्रायः सबैजसोले त्यो चरित्रको खास प्रतिनिधि बाबुराम नै भएको उल्लेख गरेपछि शुक्रबार बिहानै उनी आलोचना गर्नेमाथि खनिएका हुन । उनले भनेका छन, ‘गणतन्त्रको नयाॅसंविधान जारी भएसंगै नयाॅ युगको नयाॅगन्तव्यनिम्ति वैकल्पिक राजनीतिको यात्रा शुरू भएको थियो।बाटामा केही नयाॅमोड आएपनि समावेशीता,संघीयता,सुशासन,समृद्धि र समाजवादको मूलमान्यता र गन्तव्यमा हामी दृढ छौं!बाटामा कुकुर भुक्दै गर्छन् तर यात्री निरन्तर गन्तव्यमा लम्किरहन्छन्।’

प्रकाशित मिति : 11:56









