कांग्रेसको काेइराला समूहले बाेलायाे छुट्टै भेला, चुनाव लड्नेकाे सूची बनाउने
२० असाेज, काठमाडौं । नेपाली कांग्रेसको डा शेखर काेइराला समूहले छुट्टै भेला बाेलाएकाे छ । बिहीबार दिउँसाे गाैशलाकाे एक पार्टी प्यालेसमा बस्नेगरी भेला बाेलाईएकाे छ । भेलामा संस्थापनइतरका सबैजसाे नेता उपस्थित रहनेछन ।
कांग्रेसको खबरदारी अभियानका संयाेजक गुरुराज घिमिरेले प्रत्यक्षमा चुनाव लड्न चाहनेकाे नाम संकलन गर्ने र समानुपातिककाे संशाेधित बन्द सूचीकाे संशोधन मुख्य एजेन्डा रहेकाे जानकारी दिए । उनले प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरेर संसदीय बोर्डमा रहेका सदस्यलाई बुझाउने बताए ।
प्रकाशित मिति : 08:27







