पत्रकारलाई ‘लोपारीदिन्छु’ भनेर चर्चामा रहेका पूर्व मेयर द्धारिकलाल चौधरी माओवादी प्रवेश
१६ असोज, काठमाडाैँ । नेकपा एमालेका नेता एवं इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख द्धारिकलाल चाैधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनी आईतबार बिहान माओवादी प्रवेश गरेका हुन ।
आईतबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर चौधरी माओवादी प्रवेश गरेका हुन । उनी इटहरी उपमहानगरपालिकाका प्रमुख हुँदा पत्रकारको नाकको डाँडी भाँचिदिन्छु र लोपारीदिन्छु भनेर चर्चामा रहेका थिए ।
माओवादीले सुनसरीमा प्रदेशसभामा टिकट दिनेभएपछि चाैधरी एमाले छाडेर पार्टी प्रवेश गरेका हुन । स्थानीय चुनावअघि चाैधरीको घरमा माधवकुमार नेपाल लगायत पुगेर खाना खाएपछि उनी समाजवादीमा प्रवेश गर्ने हल्ला चलेको थियो । यद्यपी त्यतिखेर उनले एमाले नछाड्ने बताएका थिए ।
प्रकाशित मिति : १६ आश्विन २०७९, आईतवार ०९:२८












