आगामी निर्वाचनमा एमाले एक्लैको बहुमतः अध्यक्ष ओली
१५ असोज, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लैको बहुमत ल्याउने बताएका छन । शनिबार सप्तरी जानेक्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा एमाले एक्लैको बहुमत आउने बताए ।
उनले भने, ‘एमाले ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउँछ ।’ उनले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमालेमात्र भएको बताए
अध्यक्ष ओलीले एमालेको एजेण्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे । उनले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुनेसक्ने बताए ।
प्रकाशित मिति : 17:24









