भागवण्डा नमिल्दा पाँच दलीय गठबन्धनमा चिरा, अन्य दलसँग पनि तालमेल गर्ने निर्णय
१५ असोज, काठमाडाैँ । भागवण्डा नमिल्दा पाँच दलीय गठबन्धनमा चिरा देखिएको छ । पाँच दलीय गठबन्धनबाट बाहिर निस्केन अन्य दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय जनता समाजवादी पार्टीले गरेको छ ।
जसपाका प्रवक्ता मनिष सुमनले पाँच दलीय गठबन्धनमा सिट भागभण्डामा जसपामाथि अन्याय भएको भन्दै विकल्पमा जाने निर्णय भएको जानकारी दिए । शनिबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आसन्न संसदीय निर्वाचनका लागि सत्ता गठबन्धन भन्दा बाहिर गएर पनि तालमेल गर्न र कुरा नमिले एक्लै चुनावमा जाने प्रवक्ता सुमनले बताए ।
शुक्रबार जसपा अध्यक्ष यादवले पार्टी एक्लै चुनाव जाने अवस्था रहेको बताएका थिए ।
प्रकाशित मिति : 17:12









