१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

माधव नेपालकै क्षेत्रका प्रभावशाली नेता कृष्णहरि थापाले समाजवादी छाडे

१५ असोज, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका तर्फबाट काठमाडाैँ क्षेत्र नम्बर २ मा पार्टी अध्यक्ष माधवकुमार नेपालका भान्जा नितेश पाैडेललाई उम्मेदवार बनाउने तयारी भएको सूचना चुहिएपछि सोही क्षेत्रमा समाजवादीका नेताहरूले पार्टी छाड्न थालेका छन । स्रोतका अनुसार नेपालले भान्जा नितेशलाई चुनावी तयारीका लागि ग्रिन सिंग्नल दिएका छन ।

माधव नेपालको ग्रिन सिंग्नल कार्यकर्ताको बीचमा पुग्न थालेपछि पार्टी छाड्ने लहर सुरू भएको छ । शनिबार बिहान मात्रै समाजावादीको केन्द्रीय लेखा आयोगका सदस्य समेत रहेका कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापाले पार्टी परित्यागको घोषणा गरेका छन ।

उता ट्रेड युनियनका नेता एवं पार्टीका नेता प्रेमलकुमार खनालले पनि नेपालमाथि सार्वजनिक रूपमै प्रश्न गरेका थिए । केहीदिनअघि मुकुन्द न्याैपानेले पनि माधव नेपालको कार्यशैलीमाथि प्रश्न गरेका थिए । शनिबार समाजवादी परित्याग गरेका थापाले भनेका छन, ‘आज मिति २०७९ आश्विन १५ गते (१ अक्टोवर २०२२) गतेदेखि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत गठबन्धनवादी) को कुनै पनि पदमा नरहेको सबैमा जानकारी गराउँदछु ।‘

प्रकाशित मिति : October 1, 2022 at 1:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/