२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

विष्णु रिमालले पेश गरे एमालेले एक्लै बहुमत ल्याउने हिसाब

१४ असोज, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले एक्लैले बहुमत ल्याउने आँकडा प्रस्तुत गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा उपमहासचिव रिमालले एक टेलिभिजन अन्तर्वार्ता सेयर गर्दै पाँच दलीय गठबन्धनको विश्लेषणलाई आधारको रूपमा प्रस्तुत गर्दै एमालेले कम्तिमा ८० सिटमा विजय प्राप्त गर्ने उल्लेख गरेका छन । यस्तो छ रिमालको हिसाब

गठबन्धनको हिसाबमा काङ्ग्रेसको भागमा ८५ सिट पर्‍यो रे ।

फाइन !

कति सिट जित्छ त काङ्ग्रेसले ?

एकजना काङ्ग्रेसी मित्रले भन्नु भयो, यस्तै ४५ सिट !

बाँकी ४० सिट कसले जित्छ त ?

गठबन्धनमा रहेका माओवादी, जसपा वा एस ले जित्ने कुरै भएन, एमालेले !

यसरी काङ्ग्रेसले ४० सिट एमालेलाई छुट्याए छ ।

माओवादीको भागमा ५०/५२ सिट पर्‍यो रे ।

ओऽऽऽके !

उसको जितको आङ्कलन कति छ, थाहा छ?

मलाई एकजना माओवादी नेताले भन्नुभयो त्यस्तै ३०/३२ सिटको हाराहारी ।

हिसावमा माओवादीले एमालेलाई २० सीट छुट्याए छ ।

माधव नेपालको पार्टीको भागमा परेको भनेको १२/१५ सीटमा त्यसले कति जित्ला?

एसवालाले निराश हुँदै भने खै १/२ सीट त जितिएला नी ।

आफ्नो गच्छे अनुसार त्यो पार्टीले पनि एमालेलाई १०/१२ सीट छुट्याए छ !

१५/१६ सीट हात पारेको जसपाका नेता उपेन्द्रको एउटा टिप्पणी पढेथें । गठबन्धनले हेप्यो भन्दै आक्रोस पोख्ने क्रममा उपेन्द्र जीको खरो टिप्पणी थियो– १५/१६ सिटमा जित्ने ९ सिट हो, त्यति त एक्लै लडेपनि जित्छौं !
भनेपछि जसपाले पनि एमालेलाई ६/७ सिट छुट्याए छ ।

छोडेकै भाग हिसाब गर्दा पनि एमालेको हिस्सामा ८० सिटको हाराहारी देखियो । एमालेको पनि आफ्नै केही कमाइ त होला नी?!

यसले के संकेत गर्छ? मंसिर ४ को निर्वाचनबाट एमालेको बहुमत !

कम्तिमा पनि यसपटक काङ्ग्रेसको बहुमत त नआउने त पक्का भएछ हैन त ?!

प्रकाशित मिति : 21:46