नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा ७९ क्षेत्रमा उम्मेदवारी नदिने
१३ असोज, काठमाडौँ । नेपाली कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कुल १६५ निर्वाचन क्षेत्र मध्ये ७९ क्षेत्रमा उम्मेदवारी नै नदिने भएको छ। पाँच दलीय परमादेशी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगायतका लागि भाग दिँदा ७९ क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने निर्णय गरेको हो । उसले पाँच दलीग गठबन्धको बैठकमा ८६ स्थानमा मात्र कांग्रेसको उम्मेदवारी हुने सहमति जनाइसकेको छ ।
कांग्रेसले बिहीबार बिहानसम्ममा प्रदेश नम्बर १ र मधेश प्रदेशमामा पाँचथर, इलाम-२, झापा – १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी -३, ४, सिरहा – १, २ धनुषा- २, ३ र ४ महोत्तरी – २, ३, सर्लाही – ४, बारा- १, पर्सा -३ र ४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निष्कर्ष निकालेको छ ।
यस्तै कांग्रेसले बागमती प्रदेश र गण्डकी प्रदेशमा सिन्धुली-१, रसुवा, धादिङ – २, नुवाकोट -२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे –२ सिन्धुपाल्चोक – २ र मकवानपुर- १, चितवन – १ र २, गोरखा – १, मनाङ, कास्की- १, पर्वत-१, तनहुँ- १ र २, स्याङ्जा- १, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी लगायतका क्षेत्रमा उम्मेदवारी दिनेछ ।
त्यस्तै कांग्रेसले लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १, , गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ- ३ र बाँके – ३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
प्रकाशित मिति : September 29, 2022 at 9:00 am









