२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

न्याय माग्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताको केन्द्रीय कार्यालयमा धर्ना

१२ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधर समूहका नेता कार्यकर्ताले विभिन्न माग राखी पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिनुभएको छ ।

उहाँहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको माग गर्दै आज दिउँसो एक घण्टा धर्ना दिनुभएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । धर्नामा सो समूहका शीर्ष नेता तथा पदाधिकारीको भने सहभातिा थिएन ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक बन्दसूची तय गर्दा उचित तवर नभएको नेता कोइराला समूहका नेताको आरोप छ ।

कांग्रेस पार्टी कार्यालयले भने सर्वसम्मतिले समानुपातिक उम्मेदवारको नामावली टुङ्गो लगाइएको स्पष्ट पारेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको विधानबमोजिम सम्बन्धित निकायबाट सिफारिस भई केन्द्रमा आएका नामउपर केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवारको नामावली टुङ्गो लगाएको बताउनुभएको थियो ।

प्रकाशित मिति : September 28, 2022 at 7:23 pm