कमेडियन हिमेश पन्तले रवि लामिछानेको पार्टीबाट प्रतिनिधिसभाकाे चुनाव लड्ने
१२ भदाै, काठमाडाैं । कमेडी च्याम्पियन हिमेश पन्तले प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो ।
पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते हुने संसदीय निर्वाचन हुँदैछ । टीभी रियालिटी शो कमेडी च्याम्पियनका विजेता समेत रहेका पन्त अभिनित फिल्म वर एण्ड वधु प्रदर्शनको तयारीमा छ ।
प्रकाशित मिति : 14:28









