२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

रविन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै, काठमाडौँमा १ मा चुनाव लड्ने

१२ असोज, काठमाडाैँ । विवेकशील साझा पार्टीबाट राजिनामा दिएका रविन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्दैछन । राप्रपामा उनले वरिष्ठ उपाध्यक्ष पाउने भएका छन  । मिश्र राप्रपाको तर्फबाट काठमाडाैँ १ बाट चुनाव लड्ने तयारी गरेका छन । मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि चुनाव लडेका थिए ।

बुधबार दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना हुने कार्यक्रममा मिश्र नेतृत्वको समूह राप्रपामा समाहित हुन लागेको महामन्त्री मोहन श्रेष्ठले जानकारी दिए । उनले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको बताए ।

प्रकाशित मिति : 11:25