अमेरिकी सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदै
१२ असोज, काठमाडौँ । अमेरिकी सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदै छिन । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो मिथ्या सूचना, भ्रम चिर्न नेपाल आउन लागेको अमेरिकी दूतावासले जनाएको छ । उनी अन्तरक्रियामा सहभागी हुन नेपाल आउन लागेकी हुन ।
नेपालमा रहँदा उहाँले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ । पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढेको छ। केहीअघि चीनको नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण भएको थियो ।
प्रकाशित मिति : 09:13









