१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सल्यानमा जीप दुर्घटना एकै परिवारका ५ सहित ८ जनाको मृत्यु

१२ असोज, सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा एकै परिवारका ५ सहित ८ जनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोटमा बिहानको राति ३ बजे भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा सडकबाट तल खसेको प्रहरीले जनाएको छ।  जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।

प्रहरीका अनुसार जीपका चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहाेरा, ३० वर्षका सुरेश खत्री, ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललित वलीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ । उनको पनि अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार ०७:४६