माओवादी लगायतका दलले देउवासँग भाग पाएरमात्र हुँदैनः नेता घिमिरे
११ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले माओवादी लगायतका दलहरूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सिटको भाग लिएरमात्र मख्ख नपर्न अनुरोध गरेका छन । उनले कांग्रेसभित्रको अान्तरिक शक्ति सन्तुलनको स्थिति नहेरी भाग पाएरमात्र खुशी नहुन चेतावनी दिएका हुन ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग बोल्दै नेता घिमिरेले अाफूहरूको खबरदारी सबैका लागि भएको बताए । उनले आफ्नो समूहले गरिरहेको खबरदारी पार्टी सभापति शेरबहादुर देउवाका लागि मात्र नभएको स्पष्ट पारे ।
पार्टीभित्र न्याय र समानताका लागि संघर्षको अगुवाइ गरिरहेका घिमिरेले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
‘खबरदारी हाम्रा परणआदरणीय पार्टी सभापति शेरबहादुर दाइलाई मात्र होइन शेखर कोइरालालाई पनि हो,’ उनले भने, ‘गठबन्धन दलका नेतालाई पनि हो । हाम्रा नेताहरूसँग बसेर सीट बाँडफाँट गरेर मात्र हुँदैन । हाम्रो भित्रको आन्तरिक एकता भएको छकी छैन त्यो पनि हेर्नुपर्छ ।’
उनले पार्टीका नेताहरूलाई न्यायिक निर्णय गर्न आग्रह गरे । ‘संघर्षमा हामी चाहिने, आमनिर्वाचन हामी चाहिने र भोलि जिताउन पनि सहयोग चाहिने र सूची बनाउँदा एकपक्षीय, मनोगत गुटहत पक्षपातपूर्ण र भेदभावपूर्ण बनाउने ?,’ उनले प्रश्न गरे ।
प्रकाशित मिति : 18:34









