२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

शेखर कोइराला समूहको नाममा भएको विरोध कांग्रेसको हितमा छैनः प्रवक्ता महत

११ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहको नाममा भैरहेको बिरोध प्रदर्शन पार्टीको हितमा नरहेको बताएका छन । मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै महतले बिरोधका नाममा भैरहेका सबै गतिविधिलाई नजिकबाट नियालिरहेको बताएका छन ।

उनले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार भएको दाबी समेत गर्दै भने, ‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय त्रुटिहरु छन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन । यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन ।’

प्रकाशित मिति : 17:06