शेरबहादुर देउवाको अहिलेको प्रयास कांग्रेसलाई बहुमत दिलाउने होः नेता खतिवडा
११ असोज, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले पार्टी भित्रको अन्तरसंघर्षले चाँडै नै एउटा निकास पाउने बताएका छन । दैनिकीसँग कुरा गर्दै नेता खतिवडाले पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसका लागि बहुमत दिलाउने प्रयास गरेको बताए ।
नेता खतिवडाले डा शेखर कोइराला समूहका नाममा साथीहरूले राखेका माग र सुझाव पनि कांग्रेसलाई कसरी बहुमत दिलाउने भन्ने अभिप्रयाका लागि भएको बताए । उनले भने, ‘कुनै सभापतिलाई हुँदैन आफ्नो पार्टीलाई बहुमत दिलाउने रहर । त्यो सबै पूरा गर्न त एउटा परिस्थितिको निर्माण पनि त गर्नुपर्यो । हो त्यसैका लागि सभापतिजीले केही महत्वपूर्ण निर्णय लिनुभएको छ। त्यसलाई हामी सबैले सहयोग गर्नुपर्छ ।’
खतिवडाले आगामी चुनावमा कांग्रेसको सिंगल बहुमत पुर्याउन प्रयास गरिने बताए । उनले गठबन्धन त्यसैको एउटा रूप भएको बताए । खतिवडाले खबरदारीका नाममा छुट्टै भेला र छलफल गर्नुभन्दा पार्टी सभापतिसँग बसेर त्यसका बारेमा निकास खोज्न कोइराला समूहका नेताहरूसँग अनुरोध पनि गरे । खतिवडाले मंसिर ४ को चुनावमा अब कांग्रेसको बहुमत कसैले रोक्न नसक्ने बताए ।
प्रकाशित मिति : 13:32









