२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

रविन्द्रका लागि राप्रपामा वरिष्ठ उपाध्यक्ष तयार, भोलि स्वागत गर्ने तयारी

१० असोज, काठमाडौँ । राप्रपाले विवेकशील साझा पार्टी छाडेका रविन्द्र मिश्रका लागि वरिष्ठ उपाध्यक्ष पद दिने भएको छ। राजावादी पृष्ठभूमिका मिश्र पछिल्लो समय राजसंस्थाको वकालतमा लागेका थिए । उनले राजसंस्था बोक्न तयार भएको पञ्चहरूको पार्टी राप्रपामा आफ्नो भविष्य खोज्ने निर्णय लिएका छन । सोही अनुसार मिश्रले सोमबार विवेकशील साझाबाट राजिनामा दिएका छन ।

यता सोमबार नै राप्रपाले विवेकशील साझाको मिश्र समूहसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको एक महामन्त्रीले दैनिकीलाई जानकारी दिए । उनले मिश्र नेतृत्वको समूहलाई वरिष्ठ उपाध्यक्षसहित स्वागत गर्ने तयारी भएको जानकारी दिए । भोलि मिश्र समूह र राप्रपाको बीचमा समायोजन सहमति हुनेछ ।

प्रकाशित मिति : 22:42