नुवाकोट १ को ‘ख’ एमालेभित्रै पूर्णलाल श्रेष्ठलाई राजु लामाको चुनाैति
७ असोज, काठमाडाैँ । नुवाकोट क्षेत्र नं १ ख मा नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य राजु लामाले आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा नुवाकोटबाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन । क्षेत्रीय कमिटी बैठक, जिल्ला कमिटी बैठक र प्रदेश कमिटीको बैठकमा समेत आफ्नो उम्मेदवारीका बारेमा जानकारी गराउँदा सोही क्षेत्रका इन्चार्ज समेत रहेका लामाको नाम प्रत्यक्षमा नराखी समानुपातिक भनेर प्रचारित गरेर सोही अनुसार निर्णय गरेपछि लामाले माइन्युटमा हस्ताक्षर समेत नगरेको दैनिकीलाई जानकारी दिए ।
लामा नेकपाको निरन्तरताबाट एमालेमा क्रियाशिल रहेका नेता हुन । लामा ओलीको पक्षमा सतिशाल झैँ उभिएरहेको समयमा पूर्णलाल श्रेष्ठले भने केपी शर्मा ओली नेतृत्वको तत्कालीन एमाले सरकार ढाल्न कालो टालो बाकेर सडकमा निस्किएका थिए भने नुवाकोट जिल्लामै पहिलो पटक समानान्तर गतिबिधि देखाउँदै लिखु गाउँपालिकामा समानान्तर कमिटी गठन गरेर कार्यालय उद्घाटन गरेका थिए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका लामा पत्रकारिताबाट पूर्ण रूपमा राजनीतिमा होमिएका छन । ककनीका स्थायी बासिन्दा लामाले सम्पूर्ण हिसाबले आफू चुनावका लागि तयार रहेका बताएका छन । उनले क्षेत्र, जिल्ला र प्रदेश कमिटीले आफ्नाबारेमा अन्यायपूर्ण निर्णय गरेको भए पनि केन्द्रीय सचिवालयले उक्त निर्णय सच्चाउनेमा विश्वस्त रहेका छन ।
प्रकाशित मिति : September 23, 2022 at 8:41 pm









