२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

माओवादीमा फर्किने भनेर मेरो बारेमा ‘कु’ प्रचार गरियो, एमाले छाड्दिनः सचिव रायमाझी

७ असोज, काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादीमा फर्किने भनेर आफ्ना बारेमा ‘कु’ प्रचार भएको बताएका छन । सामाजिक सञ्जालमा छोटो विज्ञप्ति सार्वजनिक गर्दै सचिव रायमाझीले आफूले नेकपा एमाले नछाड्ने बताएका छन ।

उनले अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनालले आफ्नोबारेमा ‘कु’ प्रचार गरेको बताउँदै गलत कुराको पछि नलाग्न अपिल गरेका छन । रायमाझीले भनेका छन, ‘विभिन्न सामाजिक संजालहरूमा नेकपा एमाले केन्द्रीय सचिव टोप बहादुर रायमाझी पुनः माओबादीमा फर्कदै र प्रचण्ड संग भेटघाट गरेको भन्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनालले कु प्रचार गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता खालका अराजनीतिक , कपोकल्पित र भ्रमको खेति नगर्न र पुन गरेमा कानुनी उपचार खोजिने व्यहोरा समेत जानकारी गराउदै , म मेरो पदिय जिम्मेवारी र अर्घाखाँचीवासी जनताको हक, हित, र विकासका लागि रात दिन नभनी लागिरहने छु । यस्ता खालका कु प्रचारका पछाडि नलागी सबै नेता,कार्यकर्ता , शुभचिन्तक एकतावद्व भई निर्वाचनमा लाग्न हार्दिक अपिल गर्दछु ।’

प्रकाशित मिति : 17:55