२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

जसपाका केन्द्रीय सदस्य तिलक श्रीपाइली एमाले प्रवेश

७ असोज, काठमाडाैँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले) मा प्रवेश गरेका छन । पार्टी महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई शुक्रबार एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा खादा लगाई स्वागत गरे । पार्टी प्रवेशको संयोजन नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज गुलावजङ्ग शाहले गरेका थिए ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरू गरेका श्रीपाइलीको करिव तीनदशकको राजनीतिक जीवन रहेको छ । उनी सल्यान जिल्लाका स्थायी बासिन्दा हुन । श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको नेकपा (एमाले) विरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको बताएका छन ।

प्रकाशित मिति : 17:44