२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

राष्ट्रपतिले संविधान संरक्षकको जिम्मेवारी निर्वाह गर्नुभयोः अध्यक्ष थापा

५ असोज, काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विवादित नागरिक विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधान संरक्षकको जिम्मेवारी निर्वाह गरेको बताएका छन । सामाजिक सञ्जालमा टिप्पणी राख्दै अध्यक्ष थापाले राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल रहेको बताएका छन ।

उनले भनेका छन, ‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ।राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ।संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ। राजनीतिक स्वार्थ परिपुर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलांजलि दिने सरकारको प्रयास असफल भएको छ।राजनीतिकरुपमा विवादमा पर्ला,तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय ईतिहासले सदैव प्रशंसा गर्नेछ।राजा बिरेन्द्रले समेत राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको सर्वविदितै छ ।’

प्रकाशित मिति : 09:29