२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नुवाकोट २ मा कांग्रेसकै दुई उम्मेदवार, अर्जुननरसिंह केसीले पनि चुनाव लड्ने

४ असोज, नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाटै दुई उम्मेदवार हुने भएको छ । कांग्रेसको अन्तरसंघर्षको परिणाम स्वरूप नुवाकोट २ मा कांग्रेसबाट दुई उम्मेदवार हुने सम्भावना बढेको हो ।

यसअघि कांग्रेसले प्रत्यक्षतर्फ स्थानीय र जिल्ला समितिबाट बहादुरसिंह लामाको नाम उम्मेदवारको रूपमा सिफारिस गरेकोमा कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले पनि भाइ पूर्व जिल्ला सभापति जगदिश्वरनरसिंह केसी मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

मंगलबार केसीले सामाजिक सञ्जाल मार्फत  दाजु अर्जुननरसिहं केसी समानुपातिकको सूचीमा रहेको भनेर चलाइइको हल्ला निराधार रहेको भन्दै नुवाकोट २ बाट प्रत्यक्षतर्फत चुनाव लड्ने बताएका छन ।

उनले भनेका छन, ‘नेपाली काँग्रेसका केन्द्रीय सदस्य, हाम्रा अभिभावक आदरणीय नेता अर्जुन नरसिंह के।सी। ज्यू आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं। २ मा प्रत्यक्ष निर्वाचन लड्नु हुने कुरा अवगत गराउन चाहन्छु। केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्पष्ट रुपमा आफु प्रत्यक्ष निर्वाचन लड्ने कुरा बताउनु भएका आदरणीय नेता अर्जुन नरसिंह के।सी। का बारेमा बिभिन्न मिडियामा आएका समाचारहरु कपोकल्पित र निराधार रहेको कुरा सम्पूर्ण आम मतदाता,दाजुभाई, दिदिबहिनीमा जानकारी गराउन चाहन्छु। जय नेपाल ।’

प्रकाशित मिति : 23:04