२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

पूर्व मन्त्री उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने, असोज ८ को साइत जुराइयो

३० भदौ, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको प्रमुख सचेतक एवं पूर्वमन्त्री उमाशंकर अरगरिया नेकपा एमाले प्रवेश गर्ने भएका छन । डेढ वर्षअघि जसपामा हुँदै ७ सांसदसहित नयाँ पार्टी बनाएर एमालेमा विलय हुने तयारी गरेका उमाशंकरसहितका नेता एमाले प्रवेश गर्ने अन्तिम तयारीमा जुटेका छन ।

उनीहरूले एमाले प्रवेशका लागि असोज ८ गतेको साइत समेत जुराएका छन । अरगरियाले आफूसहित ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने तयारीमा रहेको पुष्टि गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफ्नो कुरा राखिसकेको बताएका छन ।

प्रकाशित मिति : 13:58