राप्रपाले पटक पटक अवसर पाएकालाई समानुपातिक उम्मेदवार नबनाउने
२९ भदाै, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पटक पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउनेबारे छलफल थालेको छ ।
पार्टी कार्यालयमा बुधबार बसेको संसदीय बोर्डको बैठकमा विगतमा पटक पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने विषयमा छलफल भएको हाे । ती छलफल सकारात्मक भएकाले सोही अनुसार निर्णय हुने एक नेताले बताए ।
विगतमा अवसर पाएकाहरुलाई समानुपातिकमा नदोहोर्याउने गरी छलफल भएको छ उनले भने, ‘ । स्थानीय तहमा आएको मतपरिणामको ग्राफ हेरेर सोही क्षेत्रलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार चयन गर्नेगरी छलफल भएको पनि उनको भनाइ छ ।
प्रकाशित मिति : September 14, 2022 at 8:27 pm









