सिक्लेस हाइड्रोपावरको आईपीओ बिक्री खुला
२९ भदाै, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आज (भदौ २९ गते बुधबार) देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो।
कम्पनीले निष्काशन गरेकोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ताका लागि छिटोमा असोज २ गतेसम्म सो अवधिमा आवेदन नपरेमा असोज १२ गते सम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ। केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
प्रकाशित मिति : September 14, 2022 at 11:18 am


