३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नेकपा एस रौतहटका कार्यकर्ता एमाले प्रवेश, महासचिव पोखरेलले गरे स्वागत

२८ भदाै, काठमाडौं । नेकपा एकीकृत समाजवादीका रौतहट जिल्लाका कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एसको जनसंगठन मुस्लिम इत्तेहाद संघका केन्द्रीय सदस्य शेख मोफिद, युवा संघ गौर नगर कमिटीका अध्यक्ष मोहम्मद इमरान र मोहम्मद जियाउल हक एमालेमा प्रवेश गरेका हुन् ।

महासचिव शंकर पोखरेलले उनिहरूलाई पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज खादा लगाएर स्वागत गरेका हुन् । उनिहरू तीनैजना रौतहटको सदरमुकाम गौरका वासिन्दा हुन् ।

प्रकाशित मिति : September 13, 2022 at 7:31 pm